×

जनताका मनबाट हामी बाहिरिएका छैनौँ : पोखरेल

images

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि जनताको मनमै रहेको बताउनुभएको छ ।

एमाले कर्णाली प्रदेश कमिटीद्वारा आज सुर्खेतमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले एमाले जनतासँगै रहेकाले आगामी निर्वाचनमा पहिलो भएर सरकारमा पुग्ने बताउनुभयो ।

“एमाले सरकारबाट मात्रै बाहिरिएको हो, जनताको मनबाट बाहिरिएको छैन्”, पोखरेलले भन्नुभयो, “आम जनताको मन–मनमा एमाले छ । आगामी निर्वाचनमा अझै शक्तिशाली भएर आउनेछौँ ।”

एमाले कर्णाली प्रदेश इञ्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कँडेलले धेरै दलबाट मुलुकले स्थायित्व नपाउने भन्दै दुई दलीय व्यवस्था आवश्यक रहेको जिकिर गर्नुभयो ।

आइतबार​ ६ चैत २०७८ ०८:२५ PM मा प्रकाशित

प्रतिक्रिया