×

प्रचण्डलाई लिङ्देनको व्यङ्ग्य दुई महिना दुई पटक विश्वासको मत लिने उहाँ भाग्यमानि हो 

images


काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले, प्रधानमन्त्री प्रचण्डलाई दुई महिनामा  दुई पटक विश्वासको मत लिन पाउने भाग्यमानी भन्दै व्यङ्ग्य गरेका छन् । 
सोमबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत मागेपछि सो प्रस्तावबारे बोल्ने क्रममा उनले भने ‘उहाँ भाग्यमानी प्रधानमन्त्री हुनुहुन्छ दुर्ई महिनामा दुइ पटक विश्वासको मत लिने मैका पाउँनुभएको छ  । बैशाख १५ २० तिर फेरी यस्तै दिन नआओेस कामना गर्न चाहन्छु ।’
असहमति राखेर प्रचण्डले बाटो फेरेपछि ईमान्दारीता पूर्वक भन्दा त्यो रात पनि गाह्रो भएको बताएका लिङ्देनले प्रचण्डलाई अस्थिर ड्राइभरको संज्ञा दिए । उनले भने ‘गाउँघरमा कहिलेकाँही यस्तो ड्राईभर भेटिन्छ छिनछिनमा कहिले कस्को गाडि चलाईरा हुन्छ । मान्छेले यो टिकाउ छैन गाडि फेरीरहेको हुन्छ भन्छन् । कहिले कही त्यस्तो धेरै गाडि फेरी राख्ने  ड्राईभर धेरै ठाउँको अनुभवले नयाँगाडि दिन योग्य हुन्छ कि भन्ने लाग्छ ।’

सोमबार ६ चैत २०७९ ०३:४० PM मा प्रकाशित

प्रतिक्रिया