×

गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन

images

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले गुण एयरलाइन्सलाई सम्पूर्ण उडान बन्द गर्न निर्देशन दिएको छ।

पाइलट र क्रु मेम्बरलाई तलब नदिएपछि हवाई सुरक्षामा गम्भीर असर पर्ने भन्दै प्राधिकरणले सबै उडान बन्द गर्न निर्देशन दिएको हो। गुणका ७ वटै विमानले आजदेखी नै उडान भर्न नपाएका हुन् ।

कर्मचारीलाई तलब समेत दिन नसकेकाले हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको ठहर गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले गुणका विमानहरुलाई उड्न नदिने निर्णय गरेको छ । गुण एयरका हाल तीन वटा जहाज सञ्चालनमा छन्। यी जहाजले तुम्लिङटार, पोखरा, विराटनगर, भैरहवा, भरतपुर, सिमरा लगायतका गन्तव्यमा उडान गर्दै आइरहेका छन्।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलका अनुसार कम्पनीले कर्मचारीको सेवा सुविधा समयमै दिन सकेको छैन । आर्थिक संकटबाट जुधिरहेको कम्पनीले सेवा दिंदा कर्मचारीको मनोविज्ञान सुरक्षामैत्री हुन नसक्ने देखिएकाले उडान बन्द गरिएको निरौलाले बताए ।

सोमबार ८ फागुन २०७९ ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया