×

संसद सुवालको आरोप -- भागवण्डा खान तीन दल मिले, ३३ वर्ष सम्म पालै पालो प्रधानमन्त्री खाए

images


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भागवण्डाकै लागि तीन दलबिच सहमती भएको आरोप लगाएका छन् । 
आज आईतबार बानेश्वरस्थित सघीय संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले १३ दलको बैठकमा तीन दल मात्र बसेर भागवण्डा गरेर खान खोजेको आरोप लगाए । 
‘हिजो तिन दलको बैठक रैछ बस्नेहरुलाई पनि विचार गनुपर्ने हो यो १३ दलको बैठक हो भनेर खै प्रजातन्त्रवादीहरुमा त्यती पनि छैन् । भागवण्डा खान तीन दल मिलेर खान पाईन्छ ? जनताले सबैलाई प्रतिनिधि बनाएको हो । १३ दल संसदभित्र छ । फुलको वास्ना राम्रो होस भनेको हो । तीन दल त हामीले ३३ वर्ष हेरिहाल्यौं नी ? पालैपालो प्रधानमन्त्री खाने तर केही भएकै छैन् । 
३३ वर्ष सम्म पनि तीन दलले पालै पालो प्रधानमन्त्री खाँदा पनि केहि परिवर्तन गर्न नसकेको उनको टिप्पणी गरेका छन् । 
 

आइतबार​ ५ चैत २०७९ ०३:०३ PM मा प्रकाशित

प्रतिक्रिया