×

आज स्ववियु निर्वाचन

images

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त क्याम्पसरकलेजमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदै छ ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा पशुपति अधिकारीका अनुसार अहिले बिहान ८ देखि अपराह्न ४ बजेसम्म विद्यार्थीले आफ्नो प्रतिनिधि चयन गर्न सक्नेछन् ।

शुक्रबारसम्म दुईवटा आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त सयौँ कलेज-क्याम्पसमा युनियन निर्विरोध गठन भइसकेको अधिकारीले जानकारी दिए ।

समन्वय समितिले निर्वाचन सम्पन्न नहुन्जेलसम्म विद्यार्थी, कर्मचारी, प्राध्यापक सबैलाई जिम्मेवार भएर आचारसंहिता पालना गर्न आग्रह गरेको छ ।

आइतबार​ ५ चैत २०७९ ०७:१९ AM मा प्रकाशित

प्रतिक्रिया