×

राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाउने कोसिस जारी छ : प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा राष्ट्रिय सहमति भए राम्रो हुने बताएका छन् ।   बिहीबार संसद भवन बाहिर सञ्चारकर्मीले सोधेको प्रश्नमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले सत्ता साझेदार दल र आफ्नोतर्फबाट पनि सहमतिको प्रयास भइरहेको बताए ।

 उनले भने, ‘प्रमुख प्रतिपक्षले पनि (उम्मेदवार) उठायो, बहुमतद्वारा घोषणा भयो । भोलि उपसभामुखको मनोनयन हुन्छ, पर्सि निर्वाचन यही प्रक्रियामा हुन्छ ।’

राष्ट्रपतिमा चाहिं के हुन्छ नि भन्ने प्रश्नमा उनले भने, राष्ट्रपतिको कुरा अझै समय बाँकी छ । हामी सत्ता साझेदार र मेरो पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

बिहीबार ५ माघ २०७९ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया