विराटनगर । इटहरी उप-महानगरपालिका-१२ बाट लागुऔषध र प्रतिवन्धित औषधीसहित दुई जनालाई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले इटहरीको नसिव फार्मेसीका नसिव नारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई पक्राउ गरिएको हो ।
प्रहरीले विशेष सुचनाको आधारमा फार्मेसीका मालिक चौधरीलाई पक्राउ गरी निजको घर कोठामा खानतलासी गर्ने क्रममा निजकी श्रीमती सम्झनाले २ वोरा घरको छतमाथिबाट फाल्दै गरेको अवस्थामा भेटिएको थियो ।
फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० पत्तामा चार हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त लागु औषध र प्रतिवन्धित औषधीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया