×

लङ जम्पमा कीर्तिमानसहित एपीएफका सलिमलाई स्वर्ण

images

पोखरा। नेपाल एपीएफ क्लबका सलिम देवानले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन । मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् । पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे । 

गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए । आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जिते ।

मङ्गलबार १ कात्तिक २०७९ १२:५२ PM मा प्रकाशित

प्रतिक्रिया