×

चितवन-२ मा तेस्रोपटक चुनाव हुने गोकुलको दाबी

images

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा चल्ने दाबी गरेका छन् । सहकारी ठगीसम्बन्धी छानबिन समितिले दिएको प्रतिवेदनअनुसार उनीविरुद्ध मुद्दा चल्ने बाँस्कोटाले दाबी गरेका हुन् ।

बाँस्कोटाले आज बुधबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “चितवनका नेता पनि जनता पनि कति जाँगरिला भने चुनाव त पाचवर्षमा तीन वटा गर्न पनि तयारी हालतमा बस्न सक्ने। कानुनविदका वकिली तर्क र थापा प्रतिवेदनमा राजनीतिक सौदाबाजी नभए जान्नेलाई छान्ने त्यो चान्स आउने हिउँदमै पूरा हुने कुरा पक्का जस्तै छ भनिन्छ। ७८औं जिल्ला त्यसै भन्या रैनछ चितवनलाई!”

 

बुधबार २ असोज २०८१ १२:५१ PM मा प्रकाशित

प्रतिक्रिया