काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सैनिक ब्यारेक छोडेका छन् ।
जेनजी प्रदर्शनका क्रममा प्रधानमन्त्री निवास बालुवाटारबाट हेलिकप्टरमा नेपाली सेनाको शिवपुरी ब्यारेकमा पुगेका ओली बाहिर निस्किएका छन् । प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत भदौ २४ मा ओली हेलिकप्टरबाट शिवपुरी ब्यारेकमा पुहेका थिए ।
ओली भक्तपुरमा भाडाको घरमा सरेको स्रोतले जानकारी दिएको छ । उनलाई एमाले नेता महेश बस्नेतको सक्रियतामा घर खोजेर राखिएको बताइएको छ ।
प्रतिक्रिया