×

बर्दियाको तर्कापुरमा एक महिलाको हत्या

images

काठमाडौं । बर्दियाको तर्कापुरमा एक महिलाको हत्या भएको छ । हत्या हुनेमा बारबर्दिया नगरपालिका ५ की ३९ वर्षीया मीना थारु छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजे बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले मीनाको धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । 

घटनाबारे अनुसन्धान भइरहेको डीएसपी अर्यालले जानकारी दिए । 

बुधबार २ असोज २०८१ ०९:५८ AM मा प्रकाशित

प्रतिक्रिया