×

काँक्रेविहारमा राखिएको हिमाली गिद्धलाई नवलपरासी पठाइयो

images

काँक्रेविहार संरक्षित वन क्षेत्रमा उड्न नसक्ने अवस्थामा रहेका हिमाली गिद्धलाई नवलपरासी पठाइएको छ । गिद्धको थप उपचार तथा व्यवस्थापनका लागि नवलपरासीको कावासोतीस्थित जटायु रेष्टुरेन्टमा पठाइएको डिभिजन वन कार्यालयले जनाएको छ । 

सुर्खेत उपत्यकाको उत्तरी क्षेत्रमा फेला परेका गिद्धलाई वन कार्यालयले उद्धार गरी चैत ४ गते काँक्रेविहार क्षेत्रमा छाडेको थियो । काँक्रेविहारको मूल गेटमा राखिएको गिद्धको उपचार तथा स्याहार–सुसार स्थानीय युवाहरुले गर्दै आएका थिए ।

डिभिजन वन कार्यालय सुर्खेतका सूचना अधिकारी सूर्यप्रसाद शर्माले गिद्धको हेरचाह गर्दै आउनुभएका वीरेन्द्रनगर–९ का स्थानीय नवराज बोहराको जिम्मा लगाएर कावासोती पठाइएको बताउनुभयो । गिद्धलाई सुरुमा वन कार्यालयले आफ्नो संरक्षणमा राखेको थियो तर आहारको कमी हुन थालेपछि काँक्रेविहारको जङ्गलमा छाडिएको थियो । 

सोमबार ५ बैशाख २०७९ १०:१५ PM मा प्रकाशित

प्रतिक्रिया