×

केही मान्छे अर्थव्यवस्थालाई राजनीतिकरण गर्दैछन् - अर्थमन्त्री

images

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् । नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग सोमबार मन्त्रालयमा भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो धारणा राखेका हुन् ।

परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । ‘


यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । उनले आगामी आब ०७९(८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन  गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।

भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले आयातमा प्रतिबन्ध नलगाउन सुझाव दिएको थियो । परिसंघले विदेशी मुद्राको संचितीमा परेको चापबाट माथि उठ्नका लागि आयातमा प्रतिवन्ध लगाउनुको सट्टा करको दर बढाउने तथा आयातका लागि लिइने ऋणको ब्याजदरसमेत हेरफेर गर्नुपर्ने सुझाव दिएको अर्थमनत्रीलाई बुझाएको थियो ।

साथै परिसंघले उत्पादन र आयातमा जाने कर्जाको ब्याजदर फरक(फरक बनाउन पनि सुझाव दिएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले आन्तरिक तथा वाह्य पर्यटन क्षेत्रमा उल्लेख्य सुधार आइसकेको बताउँदै पूर्वाधार निर्माण र पर्यटनलाई आकर्षित गर्ने प्याकेजहरु सरकारले धमाधम घोषणा गर्नुपर्ने बताएका थिए ।

यस्तै सुनमा आधारित ऋणपत्र जारी गर्न, रेमिट्यान्सको निक्षेपमा अतिरिक्त २ प्रतिशत ब्याजदर दिन, गैरआवासिय नेपाालीलाई डलरमा खाता खोल्न आकषिर्त गर्नुपर्ने लगायतका सुझाव अर्थ मन्त्रीलाई दिएका थिए ।

सोमबार ५ बैशाख २०७९ ११:४८ AM मा प्रकाशित

प्रतिक्रिया