रसुवामा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण

    images

    रसुवाको धुन्चेमा २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति निर्माण गरिएको छ । जिल्लाको २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।

    उक्त मूर्तिको बिहीबार उद्‍घाटन गरिएको छ । नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।


     

    शुक्रबार​ ४ चैत २०७८ ११:१९ AM मा प्रकाशित

    प्रतिक्रिया