×

साफ महिला च्याम्पियनसिप- भारतको विजयी सुरुवात

images

काठमाडौं ।  भारतले साफ महिला च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।  भारतले बिहीबार सम्पन्न खेलमा पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

भारतले खेलको पहिलो हाफमा भारतले ४-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा दुवैले एक एक गोल गरेका थिए । भारतको जितमा डांगमेई ग्रेसले दुई गोल गरेकी थिइन् भने मनिषा कल्याण, ज्योति र बालादेवीले एक/एक गोल गरेका थिए । त्यस्तै पाकिस्तानका लागि सुहा हिरानी र कायला सिद्दिकीले एक/एक गोल गरेका थिए ।

समूह ए मा रहेको भारतले अब अर्को खेल अक्टोबर २३ मा बंगलादेशविरुद्ध खेल्ने तालिका छ भने पाकिस्तानले अर्को खेल अक्टोबर २० मा बंगलादेशसँग खेल्ने छ ।

बिहीबार १ कात्तिक २०८१ ०८:४१ PM मा प्रकाशित

प्रतिक्रिया