×

वि. सं. २०८१ साल कार्तिक महिनाको मासिक राशिफल

images

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशिका लागि कार्तिक महिना बोलीमा प्रभावकारी बढ्ने देखिन्छ । सोचेको काम पूरा हुनेछ । व्यापार व्यवसायमा लाभ हुनेछ । विलासिताका सामानहरूमा मन जानेछ । साझेदारी काममा लाभ हुनेछ । शेयर कारोबारमा हानी हुनेछ । दाम्पत्य जीवन तथा प्रेममा सफलता हुनेछ । धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्रा हुनेछ । सोचेका कार्य सफलता हुनेछ । कार्तिक महिना खर्चमा वृद्धि हुनेछ । स्वास्थ्यमा अलिक बढी समस्या देखा पर्नेछ । मानसिक तनावका साथै चिन्ता बढ्नेछ । महिनाको शुरूमा लाभ हुनेछ भने महिनाको अन्त्यतिर आर्थिक हानी हुनेछ । व्यापारमा लाभ हुनेछ । 

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो महिना तपाईंको लागि फाइदाजनक रहन सक्छ। सरकार पक्षबाट मानसम्मान मिल्नेछ । हरेका किसिमका प्रतियोगितामा सफलता मिल्नेछ । आर्थिक हिसाबले कार्तिक महिना सामान्य रहनेछ । घर जग्गाका कार्यमा लाभ हुने देखिन्छ । रोजगार मिल्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता हुनेछ । महिनाको अन्त्यतिर स्वास्थ्यमा समस्या बढ्नेछ । आर्थिक हिसाबले खर्च बढ्ने देखिन्छ । वृष राशिका लागि कार्तिक महिना राम्रो गर्नका लागि चामल दान गरेको खण्डमा राम्रो हुनेछ । शरीरमा जोशजागर उत्पन्न हुने देखिन्छ । सन्तान सुख हुने छ । यात्राको अवसर मिलेता पनि विभिन्न किसिमका झन्झट आईपर्नेछन् ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो महिना तपाईंको कार्यक्षेत्र र व्यापारमा उन्नति हुन सक्छ । आर्थिक हिसाबले आम्दानीमा वृद्धि हुनेछ । सरकारी कार्यबाट लाभ हुने । अचानक धनलाभ हुने देखिन्छ । घर घडेरी जग्गा जमिनका साथै शेयर कारोबारबाट लाभ हुने देखिन्छ । धार्मिक कार्यमा मन लाग्नेछ । मानसिक तनाव बढ्ने योग छ । पेट, छाती, मुटुको समस्याले अलिक बढी सताउने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनेछ । घरायसी सुखमा अनावश्यक दौडधुप गर्नु पर्ने देखिन्छ । आर्थिक हिसाबले कार्तिक महिना त्यति शुभ रहेको छैन । सन्तान सुखको पिडाले सताउने छ ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट चौथो भावमा हुनेछ। व्यापार व्यवसायमा लाभ हुनेछ । अध्ययनमा लाभ हुनुका साथै अध्ययन कार्यमा मन लाग्नेछ । आर्थिक हिसाबले कार्तिक महिना लाभदायक हुनेछ । सरकारी कार्यमा लाभहुनेछ । घर जग्गाको कार्य गर्दा लाभ नै रहनेछ । प्रेम तथा दाम्पत्य जीवनमा सुखमय हुनेछ । मानसिक चिन्ता बढ्नुका साथै मौसमी रोगले सताउने छ । आफन्त तथा विश्वास गरेका मित्रजनबाट धोखा मिल्नेछ । कर्कट राशिका व्यक्तिका लागि कार्तिक महिनामा नयाँ कार्यको थालनी नगर्नु नै राम्रो रहनेछ । फसेको धन प्राप्त हुनेछ । स्वास्थ्यमा कमजोर रहनेछ ।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो महिना सूर्यको गोचर तपाईंको राशिबाट तृतीय भावमा हुनेछ। पहिले पुरा हुन नसकेका कार्यहरू सफलता मिल्नेछ । सोचेका र मनमा लिएका उद्देश्यहरू पुरा हुनेछन् । आकस्मिक धनलाभ हुनेछ । परोपकार कार्यमा मन लाग्नेछ ।  मित्र तथा बन्धुबान्धब, कुलकुटुम्ब, दाजुभाइबाट लाभ हुनेछ । सामाजिक कार्यमा मन लाग्नेछ । आफूले गरिरहेको कार्य क्षेत्रमा लाभ हुनुका साथै मान पद प्रतिष्ठा मिल्नुका साथै उन्नति हुनेछ । दाम्पत्य जीवनका साथै प्रेममा सफलता मिल्नेछ । दाजुभाइ इष्टमित्रका साथै विश्वासिला आफन्तजनबाट धोखा मिल्नेछ । स्वास्थ्यमा कमजोर हुनेछ ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
यो महिना तपाईंको गरिरहेको कार्यमा लाभ हुनेछ । विद्यार्थी वर्गका लागि अध्ययनमा सफलता मिल्नुका साथै अध्ययनका लागि विदेश जानेहरूका लागि उत्तम समय रहनेछ । आर्थिक हिसाबले कार्तिक महिना शुभ हनेछ । सरकारी कामका साथै सरकारी पद, मान, प्रतिष्ठा मिल्नेछ । शिक्षामा लाभ हुनेछ । पारिवारिक सुख मिल्नेछ । पारिवारिक सुख मिल्नुका साथै पारिवारिक साथ सहयोगले अगाडि बढ्ने देखिन्छ ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो महिना तपाईंको पेशा तथा रोजगारका साथै सामाजिक क्षेत्रका कार्यमा लाभ मिल्नेछ । रोजगारीका अवसरहरू मिल्नेछन् । सरकारी क्षेत्रमा महत्त्वपूर्ण जिम्मेवारी मिल्नेछ । सरकारी कार्यमा लाभका साथै सम्मान प्राप्त हुनेछ । सामाजिक तथा बौद्धिक कार्यमा मन लाग्नुका साथै बौद्धिक वृद्धि हुनेछ । रोजगारीमा लागेका व्यक्तिका लागि पद वृद्धि हुनेछ । मित्रजनका साथै घरपरिवार इष्टमित्रबाट लाभ मिल्नेछ । आर्थिक पक्षमा लाभ हुनेछ । धन सम्पत्तिबाट लाभ हुनेछ । सामाजिक कार्यमा लाभ हुनुका साथै सामाजिक कार्यमा मन लाग्नेछ । खर्चमा सामान्यतया वृद्धि हुनुका साथै मनले सोचेको कार्य सफलता हात पार्नेछ ।

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट बाह्रौं भावमा हुनेछ । यो महिना विदेश जान चाहनेहरुको काम पुरा हुन सक्छ भने विदेशमा  रहने व्यक्तिहरुले केहि सफलता वा प्रगति गर्ने सामान्य सम्भावना रहन्छ।  आर्थिक पक्षमा बढी खर्च हुनेछ । मित्रजनको साथ सहयोगबाट लाभ मिल्नेछ । मनले सोचेको कार्यमा सफलता मिल्नेछ । आरम्भ गरेको  काम पुरा हुनेछ । खराब व्यक्तिको संगतको कारण आर्थिक हानी हुन सक्नेछ । खानपिनमा खर्च बढ्नेछ । दाम्पत्य जीवनका साथै प्रेममा अवरोध मिल्नेछ  ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
तपाईंका लागि यो महिना राम्रो रहन सक्छ । राज्य पक्षबाट लाभ हुनेछ । सरकारी जागिर खाएकाहरूका लागि मान सम्मान र पद वृद्धि हुनेछ । सोचेका काममा सफलता प्राप्त हुनेछ । घर जग्गा, शेयर कारोबारबाट लाभ हुनेछ । रोजगारको अवसर प्राप्त हुनेछ । पारिवारिक सुख मिल्नेछ । मित्रजनको साथ सहयोगबाट धन लाभ हुनेछ । प्रेम तथा दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी कामबाट लाभ हुनेछ । चोटपटक तथा मौसमी रोगले सताउने देखिन्छ ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
कार्तिक महिना तपाईंको लागि राम्रो रहन सक्छ। धार्मिक कार्यमा मन लाग्नुका साथै धार्मिक यात्राको अवसर मिल्नेछ । प्रारम्भ गरेको कार्यमा सफलता प्राप्त हुनेछ । सरकारी जागिरबाट मान सम्मान प्रगति उन्नति र सम्मान मिल्नेछ । राज्य पक्षबाट सम्मान मिल्नेछ । पारिवारिक लाभ हुनेछ । स्वास्थ्यमा सुधार मिल्नुका साथै राजनीतिकमा लाभ मिल्नेछ । विद्यार्थी वर्गका लागि विदेश अध्ययनमा जानका निम्ति उपयुक्त रहनेछ । अध्ययनमा मन लाग्नेछ । प्रेममा तथा दाम्पत्य जीवनमा सुखमय हुनुका साथै सम्बन्धमा सुधार आउनेछ ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट नवम भावमा हुनेछ । शरीरमा उत्साह र ऊर्जा रहनेछ भने मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ। भाग्यले राम्रो साथ दिन सक्छ । कार्यक्षेत्र र व्यापारको क्षेत्रमा पनि सकारात्मक समय हुनेछ । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । सामाजिक, धार्मिक तथा सांस्कृतिक क्षेत्रमा रुचि हुनेछ। अध्ययन अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफल हुन सकिन्छ। विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धन आर्जनका दृष्टिले राम्रै समय छ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ ।दैनिक खर्चमा वृद्धि हुन सक्छ। 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
यो महिना सुर्यको गोचर तपाईंको राशिबाट अष्टम भावमा हुनेछ । दुर्घटना हुने सम्भावना भएकाले सवारी चलाउँदा, हिड्दा विचार पुर्याउनुपर्छ । काममा विघ्नबाधा वा ढिलासुस्ती हुन सक्छ भने कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुनु आवश्यक छ । शत्रुहरुले तपाईंका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन्। यस अवधिमा बोलीमा सचेतता अपनाउनु र विवादबाट जोगिने प्रयास गर्नु उत्तम हुनेछ । स्वास्थ्यस्थितिप्रति समेत सचेत भएर खानपान र आहारविहारको अनुशासन पालना गर्नु उत्तम हुनेछ । खर्च बढ्न सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्छ।

बिहीबार १ कात्तिक २०८१ ०८:५५ PM मा प्रकाशित

प्रतिक्रिया