काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ ।
त्यस्तै बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैगरी कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकी भू-भागमा आँशीक बदली रहने छ भने मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा लुम्बिनी प्रदेशका तराइ साथै कोशी प्रदेश, बागमती प्रदेश,कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
प्रतिक्रिया