×

मारियुपोलमा युक्रेनी सेना ‘अन्त्यसम्म लड्नेछ’- प्रधानमन्त्री 

images


यूक्रेनका प्रधानमन्त्रीले आइतबार आफ्नो देशको रणनीतिक रूपमा प्रयोग गरिने बन्दरगाह शहर मारियुपोल पराजित नभएको बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “रूसी आक्रमणबाट शहरलाई रक्षा गर्न घेरिएका सेनाहरूले यहाँ ‘अन्त्यसम्म लड्नेछन्’ ।”

किल्लामा इस्पातजस्तो उभिएका ती योद्धाहरूको आत्मसमर्पणका लागि रूसी अल्टिमेटम समाप्त भएको छ प्रधानमन्त्री डेनिस स्मिहलले एबीसीको ‘दिस विक’ कार्यक्रममा भन्नुभयो । 

 उहाँले भन्नुभयो, “सहर अझै हारेको छैन । हाम्रा सिपाहीहरू र हाम्रो फौज अझै त्यहाँ लडिरहेको छ । तिनीहरूले अन्तसम्मै युद्ध गर्नेछन् ।” 

यसअघि आइतवार नै रुसको रक्षा मन्त्रालयले युक्रेनी राजधानीमा मस्कोले आफ्नो आक्रमणलाई तीव्रता दिँदै कीभ बाहिर एउटा सैन्य प्लान्टमा आक्रमण गरेको बताएको थियो ।

रातको समयमा, उच्च हावामा प्रक्षेपण गरिएका क्षेप्यास्त्रहरूले ब्रोभरी, कीभ क्षेत्रको बस्ती नजिकै एउटा गोलाबारुद कारखानालाई नष्ट गरेको बताइएको थियो । 
 

आइतबार​ ४ बैशाख २०७९ ०९:५४ PM मा प्रकाशित

प्रतिक्रिया