×

हटका डोम जातिमा शिक्षा र सरसफाईका लागि डोम समुदाय कै अगुवा जनचेतना जगाउन सकृय

images

 

रौतहट। परोहा नगरपालिकाको बसन्तपट्टीमा डोम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएका छन । श्री डोम समुदाय

बिकास केन्द्र ९ म्अमअ० रौतहटको  ल्भउब िनामक संस्थाको आयोजनामा सो अन्तरकृया भएको   संस्थाका अध्यक्ष बिजय मल्ली डोमले बताए । परोहा नगरपालिका वडा

नम्बर ६ बसन्तपट्टिका  वडा अध्यक्ष  विलास वैठाले रौतहटका डोम बस्ती टोलमा परा पुर्वकाल देखि पछाडी पारिएको बताए । डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ

सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता दिन जरुरी रहेकोमा स्थानीय तहलाई हातेमालोका वहाँले अनुरोध गरेका छन ।      कार्यक्रममा आयोजक संस्था

डोम     समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली   डोमले हामी समुदायको उत्थानका लागि अगाडि आएको छु सबै    पक्षको सकारात्मक सहयोगको अपेक्षा

रहेको वताए । सो कार्यक्रममा  स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले भाग लिएका थिए । सहभागीले आ आफ्ना बाल बालिका लाई  नियमित विधालय पठाउने तथा

व्यक्तिगत सरसफाई गर्नुको साथै घर आंगन र टोल सफा राख्ने प्रतिवद्वता समेत गरेका छन । यसका सफलताका लागि आर्थिक तथा कलम, कापी र पोशाक सहयोग     गर्न

दातृ निकायलाई अनुरोध समेत गरेका छन । जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जनकारी दिदै गढिमाईको  हथिऔल र माधव नारायण नगरपालिकाको

खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष डोमले बताए । शिक्षा तथा सर सफाईको साथ साथै विधालय नजाने २० बर्ष भन्दा वढि उमेर भएका महिला

पुरुषका लागि शिपमुलक तालिम समेत आयोजना गर्न लागेको उनले बताएका छन ।

शुक्रबार​ ३ चैत २०७९ ११:१५ AM मा प्रकाशित

प्रतिक्रिया