×

मुक्तक

images

१.
भ्रुणहरुबाट बचें भने बलात्कारमा पर्नुपर्छ
छाउपडीमा अछूत बन्दै अर्कै गोठमा सर्नुपर्छ 
सृष्टि गर्ने,पालन गर्ने, माया गर्ने नारीले नै
अझै के के बहानामा कहिलेसम्म मर्नुपर्छ ?
२.
सधैंभरी निरीह भै बस्नुहुन्न साथी
जानीजानी अन्यायमा फस्नुहुन्न साथी
आफ्नो आफ्नो वर्ग आफ्नो स्तर बुझिसकेपछि
आफैंलाई शोषणमा कस्नुहुन्न साथी ।
३.
तिम्रै लागि दुःख,कष्ट कहर रोजेकी हुँ 
समर्पणका हरेक पला प्रहर रोजेकी हुँ 
राष्ट्रमाता तिम्रो माया गर्ने छोरी बन्नलाई
अविकसित गाउँ ,बस्ती अनि शहर रोजेकी हुँ ।
४.
यसरी नै रात दिन अत्याचार बढ्छ भने
बालिका र महिलाको बलत्कार बढ्छ भने 
अरु सामु मुख देखाउन लाजै मर्नु हुने भयो
दिनमा दोब्बर,रातमा चौबर भ्रष्टाचार बढ्छ भने ।
 

शुक्रबार​ ३ चैत २०७९ ०१:४१ PM मा प्रकाशित

प्रतिक्रिया