×

चलचित्र महोत्सवमा प्रधानमन्त्री नगएपछि, अध्यक्ष पाठकको असन्तुष्टि-राज्यले फिल्म क्षेत्रलाई प्राथमिकतामा राखेन 

images


काठमाडौं । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष केपी पाठकले सरकारले चलचित्र महोत्सवलाई वार्षिक कार्यक्रममा नराखेको टिप्पणी गरेका छन् । 
आज काठमाडौंको सिभिल मलमा आयोजीत नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रधानमन्त्री नगएपछि पाठकले यस्ता महोत्सवलाई सरकारले वार्षिक कार्यक्रममा नराखेको बताएका हुन् । 

यस्ता चाडहरुलाई सरकारले वार्षिक कार्यक्रममा राखीदीए हुन्थ्यो भन्ने हाम्रो बारम्वार आग्रह छ । यो दसौ वर्ष पुरा नहुन सक्छ । कम्तीमा तपाईको पाईला आईदिएको भए हाम्रो फेस्टीबल पवित्र हुन्थ्यो कि? हामीलाई अन्तराष्ट्रीय जगतमा अन्तराष्ट्रीय फिल्म फेटालिटीले हेर्ने नजर सम्मानीत बन्थ्यो कि?हामीलाई लाग्यो ।यो दुई वटै अवसर वाट वञ्चीत भयौं । ’ 

यसैगरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र महोत्सवले नेपाली चलचित्र जगतलाई माथि उठाउने काम गरेको बताए । महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये, ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको छ । 

अध्यक्ष भुवन केसी सहित वरिष्ठ फिल्मकर्मी, जज र कूटनीतिज्ञले फिल्मको शुभारम्भ गरेका थिए । समारोहमा चिन,भारत, ब्राजिल र युरोपेली आयोगका कूटनीतिज्ञहरु पनि सहभागि रहेको थिए ।


 

शुक्रबार​ ३ चैत २०७९ ०२:४५ PM मा प्रकाशित

प्रतिक्रिया