×

पोखरास्थित सडकमा भएको सवारी दुर्घटना परी युवतीको मृत्यू 

images


पोखरा । पोखरामा एकाबिहानै नगरबसले स्कुटरलाई ठक्कर दिदा २४ वर्षीया युवतीको घटनास्थलमै मृत्यू भएको छ ।  

पोखराको मुख्यबजार चिप्लेढुङ्गाचोकमा आज बिहान ग १ ख ७१०८ नम्बरको नगरबसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा २४ वर्षीया युवती ठहरै भएकी हुन्

। मृत्यू हुने झापा दमक– ४ की दिक्षा कार्की रहेकी छिन् । उनी पोखरा मनपा– ५ पर्स्याङ बस्दै आएकी थिइन् । सिद्धार्थ चोकबाट चिप्लेढुङ्गातर्फ आउँदै गरेको नम्बर बसले

कार्की सवार स्कुटरलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ठक्कर दिएको नगरबस र चालकलाई जिल्ला प्रहरी कार्यालय

कास्कीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

शुक्रबार​ ३ चैत २०७९ ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया