जसपाले बोलायो केन्द्रीय कार्यकारिणीको बैठक

    images


    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । 

    पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा फागुन ७ गते शनिबार ११ बजे बस्ने गरी केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको हो । 

    बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न पार्टीसँग भइरहेको एकता प्रयास, समसामयिक राजनीतिलगायतका एजेण्डाहरूमा बहस गरिने जसपाका

    प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् । बैठकले राष्ट्रपति चुनावको विषयमा पनि छलफल गर्ने जनाइएको छ ।
     

    शुक्रबार​ ५ फागुन २०७९ १०:५६ AM मा प्रकाशित

    प्रतिक्रिया