×

बैंकिङ ज्यादती विरुद्ध माइतीघरमा व्यवसायीको प्रर्दशन 

images

 

काठमाडौं । बैंकिङ ज्यादती विरुद्ध नेपाल राष्ट्रिय व्यवसायी महासंघ विरोधमा उत्रिएको छ । महासंघले बैंकले, व्यवसायीलाई अनावश्यक ज्यादती गरेर दुख दिएको उनीहरुको आरोप छ। 

 महासंघका सदस्य सुरेन्द्र प्रसाद उप्रेतीले,  व्यवसाय ठप्प हुदाँ समेत बैंकले व्याज बढाएर झनै दुख दिएको टिप्पणी गरे । उनले भने ‘राज्यले तोकेको भाडामा डिजेललाई नै पैसा पुग्दैन्

। गाडीहरुको प्रत्यक पार्टसको मुल्य बढेको छ । बैंकको व्याज बढेको छ । लकडाउन भयो काम भएन् तर बैकले ७ दिनको अलटिमेटम दियो । काम गर्न सकेको छैन् कमाई छैन् व्याज बढ्छ तर आफ्नो कामको पैसा बढ्दैन् । नाफा छैन् ।

व्यवसायीहरु आफ्नो व्यवसाय बन्ध गर्न बाध्य छन् ।’ बैकको मनपरिको निति नियमले आफुहरु मारमा परेको बताएका व्यवसायीहरुको भनाई छ ।  
 

  

शुक्रबार​ ५ फागुन २०७९ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया