×

सामुदायिक विद्यालयलाई सांसद र वडाध्यषको सहयोग

images

बालबालिकालाई पठनपाठनमा अत्यावश्यक सामग्रीको अभाव पूर्ति तथा विद्यालयको आन्तरिक वातावरण सुधारका लागि जनप्रतिनिधिले रु एक लाख ५५ हजार ५५५ सहयोग गरेका छन्  । विद्यालयकी शिक्षिका सुष्मा न्यौपानेले उक्त समस्याबारे जानकारी गराएपछि (नेकपा एमाले)को पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले सूर्यविनायक नगरपालिका–२ मा रहेको विनायक आधारभूत विद्यालयमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

भक्तपुर क्षेत्र नं २ का सांसद बस्नेतले    रकम हस्तान्तरण गर्दै सामुदायीक विद्यालयमा अहिले गरिब र सामान्य परिवारका छोराछोरी मात्रै पढ्छन् भन्ने मान्यता रहेकामा  शैक्षिक गुणस्तर बढाएर सबैको आकर्षण हुने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । 
    
वडाध्यक्ष एवं नगरपालिकाको शिक्षा शाखाका संयोजक थापाले सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालयको सुधारका लागि भौतिक संरचनादेखि आन्तरिक सुदृढिकरणसम्मका कार्य गर्दै आएको छ भन्नुभयो । केही दिन अगाडि मात्रै वडाध्यक्ष थापाले पाँच वर्षको अवधिमा आफूले पाएको तलब र भत्ताबापतको रु १५ लाख सिपाडोलको गणेश माविलाई गरिब विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गर्न हस्तान्तरण गर्नुभएको थियो ।

प्रथम राष्ट्रिय नृत्य दिवस आयोजना

धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व रहेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य महोत्सव हुने भएको छ । नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा देशभरका ५४० नृत्य निर्देशक एवं कलाकारको सहभागितामा भोलि ६ गते प्रथम राष्ट्रिय नृत्य दिवस आयोजना गरिने  सङ्घका केन्द्रीय सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले आज जानकारी दिनुभयो ।

सातवटै प्रदेशबाट सहभागी आजदेखि नै आउने क्रम जारी रहेको बताउँदै उहाँले भोलि बिहान १० बजे शङ्खधर चोकबाट सुरु हुने झाँकीसहितको र¥यालीमा ४० जिल्लाका कलाकारको झाँकी प्रदर्शन गरिने भएको छ । त्यस्तै ३० जिल्लाका कलाकार एवं नृत्य निर्देशनले कुमारी पार्कमा आफ्नो नृत्य प्रदर्शन गर्ने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा मध्यपुरथिमिमा नृत्य एवं सांस्कृतिक गुरु श्रीगोपाल प्रजापतिलाई सम्मान गरिने भएको छ । दिवसलाई महोत्सवको रुपमा आयोजना गरिएको उहाँले बताउनुभयो । 

कार्यक्रममा प्यब्सनअन्तर्गत १५ विद्यालयका विद्यार्थीको सहभागिता रहने छ । शङ्खधर पार्कबाट सुरु हुने झाँकीसहितको र¥याली मध्यपुरथिमि नगरपालिका परिक्रमा गर्दै नगदेश पुगेर बोडेमा समापनपछि नृत्य प्रारम्भ हुनेछ ।

बिहीबार ५ फागुन २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया