×

रास्वपाले टुंग्यायो मन्त्रीहरु, तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने

images

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

 पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति लामिछानेले डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका हुन् ।

यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्ने भएकी छन् । यसअघि नै लामिछाने उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

मङ्गलबार ३ माघ २०७९ ११:३६ AM मा प्रकाशित

प्रतिक्रिया