काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान लिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला सुनाएको छ।
सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए। गत शुक्रबारदेखि यो मुद्दा मुसलमान र ढकालको इजलासले हेर्दा हेर्दैमा राखेका थिए।
कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले हालेको यो रिट पटक-पटक स्थगित हुँदै आएको थियो। यो रिट दुई पटक हेर्न नमिल्ने, ७ पटक हेर्न नभ्याइने र एक पटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित भएको थियो।
प्रतिक्रिया