काठमाडौँ । भारतको राजधानी दिल्लीको हावाको गुणस्तर 'गम्भीर' श्रेणीमा पुगेको छ । ]
दिल्लीका अधिकांश क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक (एक्यूआई) ४०० भन्दा माथि रेकर्ड गरिएको छ । आइतबार बिहान साढे ९ बजे दिल्लीमा एक्यूआई ४९३ पुगेको छ ।
दिल्लीको हावाको गुणस्तर विगत धेरै दिनदेखि 'गम्भीर' श्रेणीमा रहेको छ । ४०१ र ५०० बीचको एक्यूआईलाई 'गम्भीर' मानिन्छ । दिल्लीपछि पाकिस्तानको लाहोरको एक्यूआई २६१ रहेको छ भने इजिप्टको कायरोको २३५ र भारतकै कोलकोताको २०१ रहेको छ ।
प्रतिक्रिया