×

धौलागिरिमा ज्यान गुमाएका रसियन आरोहीको शव ११ दिनपछि संकलन

images

काठमाडौँ । धौलागिरि (प्रथम) आरोहणका क्रममा असोज २० गते रातिदेखि सर्म्पकविहीन भएका पाँच जना रसियन आरोहीहरुको शव संकलन गरिएको छ । उनीहरू सम्पर्कविहीन भएको ११ औं दिन बुधबार अल्टिच्यूटको हेलिकोप्टरद्वारा डोरीको सहायताले शवहरू संकलन गरी काठमाडौं ल्याइएको हो । 

अल्टिच्यूट एयरका अनुसार, उक्त कम्पनीका क्याप्टेन विवेक खड्काको नेतृत्वमा परिचालन गरिएको हाई अल्टिच्यूट रेस्क्यू टिमद्वारा लङलाइन (डोरीमा झुन्ड्याएर गरिने उद्धार) बाट मृतक पाँच जनाको शव संकलन गरेर बुधबार बिहान आधार शिविर हुँदै काठमाडौँ ल्याइएको छ ।

पर्यटन विभागका अनुसार, धौलागिरि प्रथम हिमाल आरोहण क्रममा रसियन आरोहीहरू अलेक्जान्डर डसीको, ओलेग क्रुग्लोभ, भ्लादिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोई असोज २० गते राति ११ बजेदेखि सर्म्पकविहीन भएका थिए । थुप्रैपटक हेलिकोप्टर र उद्धारकर्ता पठाउँदा पनि उनीहरूको प्रतिकूल मौसमका कारण उद्धार हुन सकेको थिएन ।

सबै शवलाई ७ हजार ६ सय मिटर उचाइबाट पालै पालो धौलागिरि आधार शिविरमा झारेको बताइएको छ ।

बुधबार उनले शव र उद्धारकर्तासमेतलाई गरी ९ पटक हेलिकोप्टर उडान गरेका थिए । मंगलबार नै काठमाडौँबाट धौलागिरि आसपास पुगेका क्याप्टेन खड्का बुधबार एउटा शव साथै ल्याएर काठमाडौँ फर्किसकेका छन् । बाँकी शव भने अल्टिच्यूटको अर्को हेलिकोप्टरले काठमाडौँ ओसारिरहेको छ ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रसियन अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको थियो। उद्धारकर्ताहरु हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन्। 

आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४  रसियाका पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए। दुईजनाले सफल आरोहण गरेका थिए। सातजना पर्वतरोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए। 


यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ। पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए। 

बुधबार ३० असोज २०८१ ०८:०९ PM मा प्रकाशित

प्रतिक्रिया