काठमाडौँ । बुद्ध एयरका सञ्चालक वीरेन्द्रबहादुर बस्नेतसहितको समूहले नयाँ दल गठन गरेको छ ।
दिनेश प्रसाईंको नेतृत्व गतिशील लोकतान्त्रिक पार्टी गठन गरिएको हो । पार्टीको महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।
उनीहरुले निर्वाचन आयोग पुगेर बिहीबार दल दर्ताका लागि निवेदन दिएका छन् । बस्नेतले ५-६ महिनादेखि नै पार्टी गठन गर्नेबारे छलफल गरिरहेका थिए । नयाँ परिस्थितिका बीचमा फागुन २१ लाई चुनाव घोषणा भएपछि बस्नेतसहित नयाँ दल दर्ताको प्रक्रिया अगाडी बढाएका हुन् ।
पार्टीमा एक जना अध्यक्ष र ५ जना महासचिव राख्ने तयारी छ । बाँकी सदस्य हुनेछन् । पार्टीमा पदाधिकारीले चुनाव लड्न नपाउने व्यवस्था गरिएकाले बस्नेत नेतृत्वमा नबसेको बताइएको छ ।
प्रतिक्रिया