काठमाडौँ । आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । 'जीवनको लागि ओजोन' नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइदैछ । यो नाराले हाम्रो ग्रहको लागि अपरिवर्तनीय ढालको रूपमा ओजोन तहको निरन्तर महत्त्वलाई दर्शाउछ ।
सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी ल्याउने मोन्ट्रेयल सम्झौतामा हस्ताक्षर गरेको दिनको स्मरण गर्दै यो दिवस मनाइने गरिन्छ । यो दिवस सन् १९९५ देखि मनाउन थालिएको हो । ओजोन तह दिवस मनाउन थालिएको ३० बर्ष भयो तर यसवीचमा ओजोन तह संरक्षणको सवालमा खासै महत्वपूर्ण काम भएको छैन ।
ओजोन तहको विनास गर्ने हानिकारक तत्वहरूमा क्लोरोफ्लोरोकार्व, कार्बनडाइ अक्साइडलगायत अन्य विभिन्न ९४ वटा रसायन पर्छन् । तर तीनको प्रयोगमा कमी ल्याउनुको साटो झनै बृद्धि भएको पाइएको छ । ओजोन तहको विनासकै कारण जलवायु परिवर्तनको नकारात्मक असरसँगै बर्सेनी तापक्रम वृद्धि भइरहेको छ ।
पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमिमाथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानिकारक किरण पृथ्वीमा प्रत्यक्ष प्रवेश गर्न रोक लगाउँछ । मानवका अप्राकृतिक क्रियाकलाप तथा वन, वातावरणीय विनाश, जल, वायु तथा विविध प्रदुषण, अव्यवस्थित सहरीकरण तथा औद्योगिकीकरण, रासायनिक पदार्थको बढ्दो प्रयोगले ओजोन तहमा प्वाल परेको छ । यसले पृथ्वीको तापक्रम वृद्धि र जलवायु परिवर्तनमा टेवा पुर्याइरहेको छ ।
तर विश्वका कुनैपनि देशले तापमानमा कमी ल्याउने कुनैपनि प्रकारको गतिविधि सञ्चालन गर्न सकिरहेका छैनन । ओजोन तह दिवस मनाउँदै गर्दा विश्वमै बढ्दो तापमान मूख्य चुनौतिका रूपमा देखिएको छ ।
प्रतिक्रिया