काठमाडौं । बाराको पूर्व-पश्चिम राजमार्गस्थित उनासी पुलमा आज बिहान बस पल्टिएर दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ। अन्य ७ जनाको अवस्था गम्भीर छ। गएराति एक बजे काँकडभिट्टादेखि दाङतर्फ जाँदै गरेको ना ८ ख ११६४ नं. को बस अनियन्त्रित भई पुलदेखि ८ मिटर तल खस्दा बसमा सवार सबै घाइते भएका हुन् । घाइतेहरुको स्थानीय सामुदायिक प्रसूति गृह अस्पताल र सिटी अस्पताल निजगढमा उपचार भइरहेको छ ।
घाइतेमध्ये सामान्य अवस्थाका २७ जनाको निजगढस्थित प्रसूती अस्पतालमा र आठ जनाको सिटी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा बसका चालक सल्यानको शारदा नगरपालिका- ३ का करिब ४० वर्षीय बलबहादुर भण्डारी पनि गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। बसको अगाडिको पट्दा भाँचिदा दुर्घटना भएको बताइएको छ ।
प्रतिक्रिया