×

सिंहदरबारभित्रै यूएनडीपीको गाडीले दियो रास्वपा सांसदको गाडीमा ठक्कर

images

काठमाडौं, ३१ भदौ — सिंहदरबारभित्र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को गाडीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदको गाडीलाई ठक्कर दिएको छ।

सिंहदरबारस्थित विज्ञान तथा प्रविधि मन्त्रालय अगाडि युएनडीपीको ६६-१-००१२ नम्बरको गाडीले रास्वपा सांसद नितिमा कार्की भण्डारीको बागमती प्रदेश ०१ ०२८ च ९००९ नम्बरको गाडीलाई ठक्कर दिएको हो।

स्रोतका अनुसार सांसद कार्कीको गाडी पार्किङ गरी राखिएको अवस्थामा थियो। दक्षिण गेटतर्फ आउँदै गरेको युएनडीपीको गाडीले उक्त रोकिएर राखिएको गाडीमा ठक्कर दिएको प्रहरीले जनाएको छ।

घटनापछि ट्राफिक प्रहरीले दुर्घटनाका विषयमा थप अनुसन्धान तथा बुझ्ने कार्य गरिरहेको छ।

बुधबार ३१ भदौ २०८३ ०१:५१ PM मा प्रकाशित

प्रतिक्रिया