×

जो रुट फेरि टेस्ट वरियताको शिर्ष स्थानमा

images

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को पछिल्लो टेस्ट वरियतामा इङ्ग्ल्याण्डका स्टार ब्याट्सम्यान जो रुट फेरि नम्बर एक ब्याट्सम्यान बनेका छन् । 

रुटले आफ्नै देशका ह्यारी ब्रुकलाई विस्थापित गर्दै नम्बर एक स्थान हासिल गरेका हुन् । ह्यारी ब्रुक गत हप्ता मात्र नम्बर एक टेस्ट ब्याट्सम्यान बनेका थिए । तर जुलाई १६ मा जारी गरिएको टेस्ट ब्याट्सम्यानको पछिल्लो वरियतामा, ब्रुक अब पहिलो स्थानबाट तेस्रो स्थानमा झरेका छन् । ब्याट्सम्यानको टेस्ट वरियतामा न्युजिल्याण्डका केन विलियमसन दोस्रो स्थानमा छन् ।

भारतीय क्रिकेटरहरूमा यशस्वी जयस्वाल पाँचौं स्थानमा छन्। ऋषभ पन्त आठौं स्थानमा छन् र कप्तान शुभमन गिल नवौं स्थानमा छन् । त्यस्तै जसप्रीत बुमराह बलरहरूको टेस्ट वरियताको शीर्षमा छन् ।

 

बुधबार १ साउन २०८२ ०४:११ PM मा प्रकाशित

प्रतिक्रिया