×

थप २०५ जनामा सङ्क्रमण पुष्टि

images

देशभर पछिल्लो २४ घण्टामा २०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ९० जनाको परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ८१ हजार २९४ पुगेको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ९०७ रहेको छ । पछिल्लो समय थप ५१ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९७५ पुगेको छ । यो दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ८२ हजार ९८९ जनाले खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ३८५ रहेको छ । जसमध्ये होमआइसोलेशनमा एक हजार ३४४, संस्थागत आइसोलेशनमा ४१, आइसीयूमा १७ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।
 

शनिबार ३२ असार २०७९ ०८:१० PM मा प्रकाशित

प्रतिक्रिया