×

कुलिङ पिरियडको हेरेफेर बारे समितिका सभापति खतिवडासँग बयान

images

काठमाडौँ । कुलिङ पिरियडमा भएको हेरफेरको छानबिन गर्न बनेको संसदीय समितिले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग बयान लिएको छ ।

सिंहदरबारस्थित राज्य व्यवस्था समितिकै बैठक कक्षमा जारी बैठकमा सभापति खतिवडासँग समितिले बयान लिएको हो ।

खतिवडा नेतृत्वको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा विधेयकमा अवकास भएका कर्मचारीले संवैधानिक नियुक्ति पाउन २ वर्ष अवधि पर्खनुपर्ने (कुलिङ पिरियड) को व्यवस्था गरेकोमा प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा हेरफेर भएको पाइएको थियो ।

यो विषय विवादित बनेपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सांसद जीवन परियारको नेतृत्वमा समिति बनाएका थिए । समितिले यस अघि राज्य व्यवस्था तथा सुशासन समितिका सचिवको पनि बयान लिएको थियो ।

 

बुधबार १ साउन २०८२ ०८:११ PM मा प्रकाशित

प्रतिक्रिया