×

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

images

गुलरिया (बर्दिया)  : बर्दियामा हात्तीको आक्रमणमा परी आज एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । 

ठाकुरबाबा नगरपालिका–२ पेरहनी निवासी करिब ५२ वर्षीय शिवप्रसाद थारुको मृत्यु भएको र सोही वडाको सुजनपुरका २५ वर्षीय विश्राम थारु आक्रमण गरी घाइते भएका बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । 

घाइते थारुको हात भाँचिएको छ । उहाँको ठाकुरबाबा नगर अस्पतालमा उपचार हुन नसकेपछि नेपालगञ्ज पठाइएको संरक्षण अधिकृत वाग्लेले बताउनुभयो ।

बर्दिया राष्ट्रिय निकुञ्ज अम्रेनी क्षेत्रमा कुलो मर्मत गर्न गएको टोलीलाई हात्तीले आक्रमण गरेको थियो ।

मङ्गलबार १ साउन २०८१ ०७:०० AM मा प्रकाशित

प्रतिक्रिया