×

समृद्धिका लागि जापानले हासिल गरेको अनुभव नेपालका लागि अति उपयाेगी - परराष्ट्रमन्त्री खड्का

images

 परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताउनु भएको छ । 

नेपाल जाईका अलमनाई एशोसिएशनले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीहरुले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढनुपर्ने पनि बताउनु भयो । उहाँले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गर्नुभयो । भूकम्प गएको बेला होस् वा कोभिडको बेला जापानले नेपालमा ठूलो मानवीय सेवाको क्षेत्रको काम गरेको उल्लेख गर्दै मन्त्री खड्काले त्यसका लागि नेपाल सरकारको तर्फबाट धन्यवाद समेत व्यक्त गर्नु भयो ।

मन्त्री खड्काले जापानले नेपाललाई विनासर्त सहयोग गर्दै आएको पनि स्मरण गराउनु भयो । उहाँले नेपालको विकास साझेदारीमा जापान सरकारको सबैभन्दा ठूलो योगदान रहेको पनि बताउनु भयो ।

शनिबार ३ बैशाख २०७९ ०३:४७ PM मा प्रकाशित

प्रतिक्रिया