×

विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन प्रधानमन्त्रीको निर्देशन

images


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले वैदेशिक रोजगारीका क्रममा विदेश जाने युवाहरूलाई अनावश्यक दुख नदिन निर्देशन दिएका छन् । 

बिहीबार दिउँसो गृह मन्त्रालय मातहतको विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीमा जाँदा युवाहरूले अनेकौँ समस्या

भोग्नुपरेको भन्दै अनावश्यक दुख नदिन निर्देशन दिएका हुन् । 

“वैदेशिक रोजगारीमा जाने युवाहरूले अनावश्यक दुख पाएको गुनासो सुन्ने गरेको छ। पासपोर्ट बनाउँदा, मेडिकल टेस्ट गर्दा, अभिमुखीकरण तालीम लिँदादेखि

अध्यागमनसम्म युवाहरूले दुख पाएको कुरा गम्भीर छ। कानुन र विधिअनुसार हुने कुनै पनि काम नरोकियोस्। दुख दिने, आलटाल गर्ने, ढिलासुस्ती गर्ने कामको अनुगमन र

नियन्त्रण होस्।”

बैठकमा भएको प्रस्तुतिले चालु आर्थिक वर्षको हालसम्मको अवस्था उजागर गरेको छ। गृह प्रशासनसँग सम्वन्धित विद्यमान नीति तथा कानुनहरूलाई समसामयिक

बनाउनेतर्फ लाग्ने र कार्य सञ्चालनसँग सम्वन्धित निर्देशिका, दिग्दर्शन र कार्यविधि तर्जुमा एवं परिमार्जन गर्ने जस्ता निर्देशनहरु गरिएको थियो । 
 

बिहीबार २ चैत २०७९ ०४:१६ PM मा प्रकाशित

प्रतिक्रिया