×

त्रिविद्वारा स्ववियु निर्वाचन तालिका सार्वजनिक--  बिहान ८ बजेदेखि मतदान सुरु हुने 

images


काठमाडौं । त्रिभुवन विश्वविद्यालयले, स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयले बिहिबार पत्रकार सम्मेलन गरि फागुन २७ देखि निर्वाचन प्रकृया सुरु गर्नेगरि स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । 

 फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने  र चैत ५ गते निर्वाचन गर्ने गरि कार्यतालिका तयार गरिएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।   

कार्यतालिकाअनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घ÷सङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध, फागुन २६ गते उम्मेदवारलाई मनोनयनपत्र वितरण, फागुन २७ गते  बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ  ।

यस्तै फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको उनले जानकारी दिए । 

बिहीबार ४ फागुन २०७९ ०६:५८ PM मा प्रकाशित

प्रतिक्रिया