×

चन्द्र भण्डारीलाई थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगियो

images

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। ग्यास सिलिन्डर विष्फोट भएर गम्भीर घाइते भएका नेता भण्डारीलाई बिहिबार दिउसो  श्री एयरको विमान  मार्फत मुम्बईको नेशनल बर्न सेन्टर लगिएको हो।

एयर एम्बुलेन्सको रुपमा विकाश गरिएको सो विमानमा नेता भण्डारीसँग नर्भीक अस्पतालका क्रिटिकल कियर प्रमुख डा. प्रदीप तिवारी, एनेस्थिसिया क्रिटिकल कियर डा. बृहस्पति, डा. रोशन शर्मा, पारामेडिसियन दिनेश राई, सागर महर्जन र राज तामाङसहितको टोली पनि मुम्बई गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

काठमाडौंको बुद्धनगरस्थित घरमा गएराति ग्यास सिलिन्डर विस्फोट हुँदा नेता भण्डारी गम्भिर घाइते भएका छन््। विस्फोटमा परी गम्भीर घाइते भएकी उनकी आमा हरिकलाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भएको छ।
 

बिहीबार ४ फागुन २०७९ ०३:५३ PM मा प्रकाशित

प्रतिक्रिया