काठमाडौं। नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठक जारी रहेकाे छ। सभापति शेरबहादुर देउवाको आब्हानमा संसदीय दलको कार्यसमिति र पार्टीवाट केपी ओली सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बसिरहेकाे हाे ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठकमा दलबाट ओली सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्री ब्रिफिङ गरिरहेका छन । बैठकमा मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयमार्फत भए गरेका कामहरुको ब्रिफिङ सुनाइरहेका छन् । मन्त्रीहरुले सभापति देउवासँग सोचेअनुरुपको काम गर्न नसकेको स्वीकार गरेका छन् ।
त्यस्तै, महामन्त्री गगनकुमार थापाले बैठकमा सरकारले भर्खरै ल्याएको अध्यादेशबारे जानकारी गराएका थिए । बैठकमा अध्यादेशको बारेमा पनि गम्भीर छलफल हुने बताइएको छ । सो बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री/राज्य मन्त्रीको उपस्थिति रहेकाे छ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ।
प्रतिक्रिया