×

हप्तामा दुई दिन बिदा आजदेखि कार्यान्वयन

images

 हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय आजदेखि कार्यान्वयन भएको छ । अब शनिवार र आइतवार बिदा हुनेछ । प्रशासन क्षेत्रमा कार्यघण्टा बढेको छ ।

शनिवार र आइतवार बिदा हुने भएपछि कार्यालय समय बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म हुनेछ । शिक्षण संस्थामा शुक्रवारको आधा दिन हुँदै आएको छुट्टी बढाउने र वार्षिक बिदा कट्टा गरेर पठनपाठन हुनेछ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेपछि नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ । इन्धन खपत घटाउने विकल्पका रूपमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

यसअघि पनि सरकारले २०४७ र २०५६ सालमा केही समयका लागि हप्ताको दुई दिनको बिदा दिने अभ्यास सुरु भएको थियो । त्यसबाट सेवा प्रवाहमा कठिनाइ भएको गुनासोपछि सरकारले फिर्ता लिएको थियो । 

आइतबार​ १ जेठ २०७९ १२:१४ PM मा प्रकाशित

प्रतिक्रिया