×

विपद्का घटना वर्षेनी बढ्दै - एक वर्षमा झन्डै साढे २ अर्ब बराबरको क्षति, ५०५ जनाको मृत्यु

images

विपद्का कारण एक वर्षमा झन्डै दुई अर्ब ६२ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गएको वर्ष वैशाख एक गतेदेखि चैत मसान्तसम्ममा २ अर्ब ६२ करोड २८ लाख ६७ हजार ५ सय ७४ रुपैयाँ बराबरको क्षति भएको हो । 

सबैभन्दा धेरै क्षति आगलागीका कारण भएको छ । गएको वर्ष आगलागीबाट मात्रै झन्डै २ अर्ब २७ करोड बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्क छ । एक वर्षमा आगलागीमा परेर ९४ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै बाढी/पहिरो, चट्याङ्ग, हावाहुरी, सर्पदंश, जनावरको आक्रमणलगायतका ३ हजार ९ सय ४ वटा घटनामा परि एक वर्षमा पाँच सय पाँच जनाले ज्यान गुमाएका छन् । ७६ जना बेपत्ता छन् ।

यी घटनामा एक हजार ७ सय ७७ जना घाइते भएका प्राधिकरणको तथ्याङ्क छ । विपद्का घटनाबाट ६ हजार एक सय ३८ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता डिजेन भट्टराईले जानकारी दिए ।

शुक्रबार​ २ बैशाख २०७९ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया