×

सेयर बजार १७ अंकले घट्यो

images

काठमाडौँ : सेयर बजार मंगलबार १७ अंकले ओरालो लागेको छ । 

सोमबार नेप्सेको सफ्टवेयरमा समस्या आएको भन्दै बन्द भएको बजार मंगलबार १७।१५ अंकले घटेर २६५० अंकमा बन्द भएको  हो । नेप्सेमा मंगलबार तीन अर्ब ३६ करोड ४२ लाख कारोबार भएको छ ।

सोमबार बजार सफ्टवेयरमा समस्या देखिँदा शून्य दशमलव १५ अंकले घटेको थियो । आइतबार १०१ अंकले बढेर हरियाली छाएको बजारमा सोमबारको बजारमा केही करेक्सन देखिएको हो । 

मंगलबारको बजारमा लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स , होटल सेक्टरमा का सेयरधनीले नाफा कमाउँदै म्यानुफक्चर र माइक्रो फाइनान्सका सेयरधनीले गुमाएका छन् ।  

मंगलबार इमर्जिङ नेपाल कम्पनीको सेयर सर्किट मूल्यमा बढेको थियो भने नेपाल टेलिकमका सेयरधनीले ५।१३ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकम अपी पावर कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कारोबार भएको छ ।

मङ्गलबार १ चैत २०७८ ०५:०१ PM मा प्रकाशित

प्रतिक्रिया