×

नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको तयारी पुरा-- ३५ देशका ९५ चलचित्र छनोट 

images


काठमाडौं ।  भोलीदेखि काठमाडौंमा सुरु हुने नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सव निफको छैठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महोत्सव संयोजक यादव भट्राईले ५ दिन सम्म सञ्चालन हुने यो महोत्सवमा ५५ देशबाट आएका ५ सयभन्दा बढी चलचित्र मध्ये,

३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिए । यसपालीको महोत्सव विशेष बनाउन आवश्यक सम्पूर्ण प्रयास गरिएको उनको दाबी छ । 

उनले भने ‘भोलीबाट छैटौं संस्करण सुरु हुनेछ । ५ दिन सम्म सञ्चालन हुने यो महोत्सव विशेष बनाउने प्रयत्न गरेका छौं । चलचित्रहरु मल्टीफेल्क्स हलहरुमा प्रस्तृत गर्ने छौं ।

जसले चलचित्रको निमार्ण गर्दाको गुणस्तरलाई जस्ताको त्यस्तै हेर्न सकुन् । ’ सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट गरिने छ ।

प्रति शो १५० रुपैयाँ टिकेट निर्धारण गरिएको प्रर्दशनीमा दिनभर सहभागि हुन चाहानेले ५०० रुपैयाँ तिर्नुपर्ने छ । चलचित्रहरु काठमाडौंको सिभिल मल र छायाँ सेन्टर,

पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा गएर हेर्न सकिने आयोजकले जनाएको छ। 
 

बुधबार १ चैत २०७९ ०३:०७ PM मा प्रकाशित

प्रतिक्रिया