×

जथाभावी पार्क गर्ने ४ हजार ‘सेयर राइडर’ कारबाहीमा

images

काठमाडौं । ट्राफिक प्रहरीले सडकमा अनावश्यक तवरले रोकर यात्रुलाई हैरानी दिने ‘सेयर राइडर’लाई कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंगलवार साँझसम्म ४ हजार १ सय ९० राइडरलाई कारबाही गरिसकिएको छ । सडकमा अनावश्यक पार्किङ हुँदा यातायात आवामन प्रभावित बनेको र यात्रुले समेत हैरानी खेपेको हुँदा ट्राफिक प्रहरीले उनीहरुलाई कारबाही गर्न सुरु गरेको हो । 

ट्राफिक प्रहरीले गत २७ मंसिरबाट राइडर विरुद्ध कारबाही सुरु गरेका थियो । ‘राइड सेयरिङ’ गर्ने मोटरसाइकल तथा स्कुटर सडकमा अनावश्यक ढंगले रोकेर राखिने हुँदा ट्राफिक व्यवस्थापनका साथै सवारी अवागमनमै बाधा पुगेको कार्यालय पवक्ता एसएसपी राजेन्द्र भट्टले बताए । 

यही क्रममा ट्राफिक प्रहरीले यात्रुबाट बढी भाडा असुल्ने ट्याक्सी चालकलाई पनि कारबाही गरेको छ । कार्यालयका अनुसार मंगलवार मात्रै उपत्यकाको बिभिन्न स्थानबाट बढी भाडा असुल्ने २३ ट्याक्सी चालकलाई कारबाही भएको छ ।  ट्याक्सीमा यात्रा गर्दा बढी भाडा लिएमा र मिटरमा जान नमानेमा यात्रुले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गर्नु सक्नेछन् । 
 

बुधबार ३ फागुन २०७९ ११:२६ AM मा प्रकाशित

प्रतिक्रिया