नेपाल पुलिसका प्रिन्स दाहालले बिराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’मा दोहोरो सफलता हात पारेका छन् । आज पहिलो दिन राष्ट्रिय च्याम्पियन एवं बिश्व बरियतामा जुनियर तर्फ उच्च स्थानमा रहिसकेका प्रिन्सले पहिलो खेलमा कास्कीका बिधान अधिकारीलाई २१–१७, २१–११ ले तथा अर्को खेलमा नेपाल पुलिसका पूर्ण बोहराबाट वाकओभर प्राप्त गर्दै दोहोरो जित प्राप्त गरेका हुन् । नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियतामा रहेका खेलाडीहरुको पुरष एकल तर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लका रुकेश महर्जनल पनि दोहोरो सफलता प्राप्त गरेका छन् । महर्जनले पहिलो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाकओभर प्राप्त गरेका थिए भने दोश्रो खेलमा एपिएफका रोशन साउदलाई २१–११, २१–१३ ले पराजित गरे । दोहोरो जित हात पार्ने क्रममा पुलिसका बिष्णु कटुवाल पनि रहे । उनले पहिलो खेलमा एपिएफका रोशन साउदलाई २१–१३, २१–१४ ले तथा दोश्रो खेलमा कास्कीका भूगोल गुरुङ्गबाट वाक ओभर प्राप्त गरे । यस्तै एपिएफका देवराज रानाले पनि दोहोरो सफलता प्राप्त गरे । पहिलो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१९, २२–२० ले पराजित गरेका रानाले दोश्रो खेलमा पुलिसका दीपक बोहरालाई २१–९, २३–२१ ले पराजित गरे । पुलिसका जीवन आचार्यले पहिलो खेलमा पुलिसकै पुर्ण बहादुर थापाबाट वाक ओभर प्राप्त गरेकोमा दोश्रो खेलमा कास्कीका विधान अधिकारी संग १७–२१, १७–२१ ले पराजित भए । एपिएफका क्षितीज खनालले पनि दोहोरो जित हात पारे । पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१५, २१–१२ ले पराजित गरेका खनालले दोश्रो खेलमा एपिएफका बिजीत थापा मगरलाई २१–१२, २१–१०ले पराजित गरे । पुलिसका सुनील जोशीले पहिलो संघर्षपूर्ण खेलमा आर्मीका नरेन्द्र बमलाई २१–७, १४–२१, २१–१४ ले र दोश्रो खेलमा आर्मीका अनिल मल्ललाई २२–२०, २१–९ पराजित गरे । आर्मीका प्रफुल महर्जनल पहिलो खेलमा आफ्नै क्लबका अनिल मल्ललाई २१–६, २१–१०, ले तथा दोश्रो खेलमा आर्मीकै नरेन्द्र बमलाई २१–८, २१–७ ले पराजित गर्दै दोहोरो जित हात पारेका हुन् । १६ बरियतामा रहेका खेलाडीहरुलाई चार समूहमा विभाजन गरि लिगका आधारमा खेल खेलार्ईएको छ ।
प्रतिक्रिया