×

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

images

पदार्थको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिले बुधबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रोमा १५६ रुपैयाँ भएको छ।

 

बुधबार २ माघ २०८१ १०:२४ PM मा प्रकाशित

प्रतिक्रिया