आजको मौसम- काठमाडौंमा आज यस वर्षकै चिसो

    images

    काठमाडौं । आज काठमाडौंमा यो वर्षकै बढी चिसो महसुस गरिएको छ । केही दिनदेखि घट्दै गएको काठमाडौंको न्यूनतम तापक्रम आज बिहान २.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले हिजो काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन गरेको थियो । काठमाडौंबाहेक देशैभर चिसो क्रमशः बढ्दै गएको छ ।

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज देशभर मौसम सामान्यतया सफा रहनेछ भने तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको अवस्था छ ।

     

    शनिबार २९ मंसिर २०८१ ०७:४५ AM मा प्रकाशित

    प्रतिक्रिया